प्रकाश राजापुरी
गन्तब्य नेर पुगे त रोकिनु प¥यो मलाई ।जब जीउने कला आयो त मर्नु प¥यो मलाई ।।
रङ्गिन सपना देखे रातिमा कोपिलाझै
जब बिहान बने फूल त झर्नु प¥यो मलाई ।।
मेरो ज्यानको म शत्रु ? होइन कदापी होइन
त्यो रुप थियो यस्तो कि, मर्नु प¥यो मलाई ।।
एक्लै नै मैले खाजे मेरो चिताको लकडी
एक्लै नै शोकमातम्, गर्नु प¥यो मलाई ।।
जसले दियो मलाई नेपाली हुने गौरब
के भो ? त्यो धरा निम्ति, मर्नु प¥यो मलाई ।।
आकांक्षाको नभमा म किन लड् प्रकाश ?
आखिर यसै धरामा झर्नु प¥यो मलाई ।।
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..