Tuesday, January 31, 2012

रंगमंच हो

मौसमजी भण्डारी"क्यानभास"
रंगमंच हो अनेक खेल मन्चन हुन्छ हुन्छ
आज खुलेर पोखियौ भोलि खण्डन हुन्छ हुन्छ

 उन्मुक्त छु नठान भो कहिँ कतै परिबन्द र
बिबसताको सानो ठुलो बन्धन हुन्छ हुन्छ

अचुक रजनिमा पुग्नै पर्ने लक्ष्य बिन्दु
सहज यात्रा मान्दिन म उल्झन हुन्छ हुन्छ

प्यासी छ यो जवानी एक प्रहर समिपैमा
चुम्दा अधर अनौठो कम्पन हुन्छ हुन्छ

सम्झने चाहाना छ अलिकति"मौसम"को नि
परिस्थिति बसमा नहोस चिन्तन हुन्छ हुन्छ

  दुवइ
    २०११ डिसेम्बर ८

1 comment:

  1. मौसम जी, वास्तावमा मानिसको जिबन अनिश्चित छ ।
    तर रंगमंच त रंगमंच नहो कहिले के हुन्छ कसलाई पो थाहाँ छ र ।
    तर पनि रंगमंचमा खेलको जनि आबस्यक छ । त्यति नै आबस्यक छ जिवन मा खण्डन हुन् ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..