सिम्रा लागि
घरको दलिन खाए
घरको छाना छरिने भो
प्रभु हाय हाय!
किरा लागि
काटी लागि
सबै अन्न बाली खाए
भोकमरिले मरिने भो
प्रभु हाय हाय!
मछेरहरु
डाटहरु
रगत खान आए
रोगब्याथमा परीने भो
प्रभु हाय हाय!
उडुसहरु
उपैयाहरु
रगत होइन
खाँदै रुपैयाहरु
हाहाकार नै ल्याए
सेश खाए
मदेश खाए
देश खाए
दु:ख दलिद्रमा खरिने भो
प्रभु हाय हाय!
दाङ
हाल:काठमन्डु
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..