Friday, June 10, 2011

गजल

सकिएन थाम्न कतै आफैभित्र ढलिएछ
रुदा रुँदै जीवनभरि आँशु पिई गलिएछ ।

स्वतन्त्र छु भन्ने गर्थे हिजोसम्म तिमिसंग
थाहा भयो धेरै पटक ईशारामा चलिएछ ।

माया पाउन सकिएन समुन्द्रमै पस्दा पनि
देखिएन धुँवा कतै भित्रभित्रै जलिएछ ।

इच्छा अनि चाहाना त मेरा पनि हजारौं छन्
त्यागीवरि चाहाना ति खरानी पो दलिएछ ।।

आयुष सम्मोहन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..