लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केहि उखान-टुक्काहरु:
-अकवरी सुनलाई कसी लाउनु पर्दैन
-अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ
-अचानाको चोट खुकुरीले जान्दैन
-आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने
-आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो
-आकाशको फल आँखातरी मर्
-आफू नमरी स्वर्ग देखिन्न
-आलु खाएर पेडाको धाक
-आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ
-आफू भलो त जगतै भलो
-इन्द्रको अगाडी स्वर्गको वयान
-ईख नभएको मान्छे, बीख नभएको सर्प
-ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ
-काग कराउँदैछ पीना सुक्दैछ
-काला अक्षर भैंसी बराबर
-कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै
-कुरो र कुलो जता लग्यो त्यतै जान्छ
-कौवालाई बेल पाक्यो हर्ष न विस्मात्
-काम गर्ने कालु मकै खाने भालु
-खाई न पाई छालाको टोपी लाई
-खाने मुखलाई जुङ्गाले छेक्दैन -आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने
-आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो
-आकाशको फल आँखातरी मर्
-आफू नमरी स्वर्ग देखिन्न
-आलु खाएर पेडाको धाक
-आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ
-आफू भलो त जगतै भलो
-इन्द्रको अगाडी स्वर्गको वयान
-ईख नभएको मान्छे, बीख नभएको सर्प
-ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ
-काग कराउँदैछ पीना सुक्दैछ
-काला अक्षर भैंसी बराबर
-कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै
-कुरो र कुलो जता लग्यो त्यतै जान्छ
-कौवालाई बेल पाक्यो हर्ष न विस्मात्
-काम गर्ने कालु मकै खाने भालु
-खाई न पाई छालाको टोपी लाई
-घोडा चढ्ने लड्छ
-घाँटी हेरी हाड निल्नु
-घरको बाघ वनको स्याल
-घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु
-छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी
-जाँगर न साँगर खाने बेला आँ गर्
-जुन गोरूको सीङ छैन उसैको नाम तिखे
-जसले मह काढ्छ उसैले हात चाट्छ
-जुन थालमा खानु त्यही थालमा चुठनु
-जोगीको घरमा सन्यासी पाहुना
-जो चोर् त्यस्को ठूलो सोर्
-जो लाउँछ चुक्ली उही जान्छ फुक्ली
-जो होचो उसको मुखमा घोचो
-जति जोगी आए कानै चिरिएका
-ठाउँ न ठहर बुढीको रहर
-तीलको पहाड बनाउनु
-ताक परे तिवारी नत्र गोतामे
-देश गुनाको भेष कपाल गुनाको केश
-दुबै हातमा लड्डू
-दुई जोइको पोइ कुना पसी रोइ
-दूध दिने गाईको लात्ती सहनुपर्छ
-धोवीको कुकुर घरको न घाटको
-नमच्चिने पीङको सय झटका
-नजाने गाउँको बाटो नसोध्नु
-नपत्याउने खोलाले बगाउँछ
-नाच्न नजान्ने आँगन टेढो
-नाङ्लो ठटाई हात्ती तर्साउनु
-नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार
-नहुनु भन्दा कानो मामा निको
-निभ्ने वेलाको बत्ती उज्यालो
-नजिकको देउता हेला
-पशुपतिको जात्रा सिद्राको व्यापार
-बाँदरको पुच्छर लौरो न हतियार
-बाँदरको हातमा नरिवल
-बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन
-बिग्रेको घरको भत्केको चाला
-बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो
-मह काढ्नेले हात चाट्छ ।
-मेरो गोरूको बाह्रै टक्का।
-मुखमा राम राम बगलीमा छूरा
-मर्ने बेलामा हरियो काँक्रो
-रात रहे अग्राख पलाउँछ
-रातभरी करायो दक्षिणा हरायो
-रोटी चिल्ला मीठा कुरा खस्रा मीठा
-लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
-लाटो देशमा गाँडो तन्नेरी
-लहरो तान्दा पहरो गर्जन्छ।
-लासामा सुन छ कान मेरो बुच्चै
-लोग्ने स्वास्नीको झगडा परालको आगो
-साँढेको जुधाई बाच्छाको मिचाई
-साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ
-हात्ती आयो हात्ती आयो फुस्सा
-हात्तीको मुखमा जीरा
-हिस्स बुढी हरिया दाँत
-हुने विरूवाको चिल्लो पात
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..