Wednesday, December 15, 2010

बनौ हामी पनि

नरेन्द्र कार्की “सुजन”
सुकादिक ८ मुगु

राम अनि सिता बनौ हामी पनि
बुद्ध जस्तै पिता बनौ हामी पनि

यो अल्लारे पारा कहिले सम्म टिक्ला मित्र
गोर्खालीको ठिटा बनौ हामी पनि

मिठासपनले जहाँ उठाउदैछन् फाइदा
सिमानामा तिता बनौ हामी पनि

दिएन भो शक्ति कुइएको भातले
कन्दमुल र गिठा बनौ हामी पनि

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..