रुपिन्द्र प्रभावी
पोखरा, भदौ ३० गते ।
‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल नारासहित पोखरामा अध्ययन संस्कृतिको निर्माणका लागि विगत दुई वर्षदेखि क्रियाशील संस्था ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो दोस्रो वार्षिकोत्व नेपालको सङ्क्रमणकालका विषयमा व्यापक छलफल गर्दै शनिबार सम्पन्न गरेको छ ।
हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक तथा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीको २२औं शृङ्खलामा नेपालको सङ्क्रमणमा–जनयुद्धदेखि कमजोर शान्तिसम्मका प्रसङ्ग समेटिएको ‘नेपाल इन ट्रान्जिसन’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा सोसाइटीका पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले कार्यपत्र प्रस्तुत गर्दै नेपालको सङ्क्रमण कसैको हितमा नभएकोले यसको अन्त्यका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । केसीले हाम्रो परराष्ट्र नीतिमा स्पष्टता आउनुपर्ने भन्दै बाह्रय कारणले नेपालको स्थितिमा आँच आउनुलाई हाम्रो विवेकहीनता हो कि भनी प्रश्न गर्नुभयो । । नेपालको द्वन्द्व र शान्ति प्रक्रियाका बारेमा भारतीय नेपाल विशेषज्ञ एस. डी. मुनी, इयान मार्टिनसहित १४ जना नेपाली र विदेशी चर्चित विश्लेषकहरुको विचारोत्तजक लेखहरु समेटिएको सो पुस्तक पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक युवराज घिमिरेले प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको चाबी अन्तै छ भनेको प्रसङ्गलाई इङ्गित गर्दै यसबारे एकीकृत माओवादीले प्रधानमन्त्रीसँग स्पष्टीकरण लिनुपर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्रीले नै यसो भन्नु नेपालको राष्ट्रियताका लागि ‘खतरनाक’ भन्दै घिमिरेले नेपाल र भारतको सम्बन्धलाई अत्यन्त महत्वपूर्ण सम्बन्धका रुपमा चर्चा गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले राष्ट्रियता लेख, भाषण वा झण्डामा मात्र प्रस्तुत गरेर नहुने भन्दै सङ्क्रमणकाल अन्त्यका लागि आर्थिक विकास र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । एकीकृत नेकपा माओवादी कास्कीका भेला संयोजक झलकपाणि तिवारीले नेपाली माओवादी आफ्नै दृष्टिकोणअनुसार चलेको र सत्ता सुम्हालेपछि पनि भारतको नीतिअनुसार नचलेकाले भारतीय बुद्धिजीविहरु नेपाली माओवादीप्रति आक्रोशित भएको आरोप लगाउनुभयो । कार्यक्रममा मधेस प्रतिनिधिका रुपमा प्रा. डा. नागेन्द्रलाल श्रीवास्तवले तराईको आन्दोलन पहिचानको आन्दोलन भएको बताउँदै तराईबासीलाई नेपाली नै नमान्नेहरुप्रति गुनासो गनुभयो । कार्यक्रममा नेकपा–माओवादीका कास्की नेता श्रीनाथ अधिकारी (श्याम), नेपाली काङ्ग्रेसका नेता देवराज चालिसे, पृथ्वीनरायाण क्याम्पसका प्रमुख गेहेन्द्रेश्वर कोइरालाले पनि विशेष टिप्पणीसहित शुभकामना दिनुभएको थियो ।पोखरा, भदौ ३० गते ।
‘पढौं र ज्ञान बाँडौं’ भन्ने मूल नारासहित पोखरामा अध्ययन संस्कृतिको निर्माणका लागि विगत दुई वर्षदेखि क्रियाशील संस्था ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो दोस्रो वार्षिकोत्व नेपालको सङ्क्रमणकालका विषयमा व्यापक छलफल गर्दै शनिबार सम्पन्न गरेको छ ।
हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक तथा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीको २२औं शृङ्खलामा नेपालको सङ्क्रमणमा–जनयुद्धदेखि कमजोर शान्तिसम्मका प्रसङ्ग समेटिएको ‘नेपाल इन ट्रान्जिसन’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा सोसाइटीका पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले कार्यपत्र प्रस्तुत गर्दै नेपालको सङ्क्रमण कसैको हितमा नभएकोले यसको अन्त्यका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । केसीले हाम्रो परराष्ट्र नीतिमा स्पष्टता आउनुपर्ने भन्दै बाह्रय कारणले नेपालको स्थितिमा आँच आउनुलाई हाम्रो विवेकहीनता हो कि भनी प्रश्न गर्नुभयो । । नेपालको द्वन्द्व र शान्ति प्रक्रियाका बारेमा भारतीय नेपाल विशेषज्ञ एस. डी. मुनी, इयान मार्टिनसहित १४ जना नेपाली र विदेशी चर्चित विश्लेषकहरुको विचारोत्तजक लेखहरु समेटिएको सो पुस्तक पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।
सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नगेन्द्र भण्डारीले स्वागत, सहसचिव उपेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो भने स्रष्टा परिचयअन्तरगत स्याङ्जाका साहित्यकार चिन्तु गिरीको परिचय समालोचक यदुनन्दन उपायध्यायले दिनुभएको थियो । सोसाइटीलाई सहयोग गरेको भन्दै क्याफे डे गार्डेनका बुद्ध गुभाजू र गोरखाली एफ. एम.का स्टेशन इन्चार्ज सञ्जय मल्ललाई सम्मान गरिएको कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले आगामी असोज महिनाको अन्तिम शनिबार झलक सुवेदीको कृति ब्रिटिश साम्राज्यमा नेपाली मोहराको परिचर्चा युवा पत्रकार तथा साहित्यकार विभासले गर्नुहुने जानकारी दिनुभयो ।
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..