Tuesday, August 28, 2012

फुटकर कबिता

प्रेम वलि
१) फेसन
आज भोली
तरुणी भन्दा
श्रीमतीज्युहरुको
फेसन झन चर्को छ
बिरोध गर्न नसक्दा
श्रीमानज्युहरुको
बाहिर हासे पनि
भित्र मन अर्को  छ ।

२) घण्टाघर
हरेक दिन
प्रेमिकलाई भेट्ने
सुटुक्क  समय दिन्छ
प्रेमिका नआउदा
बिचारो बुढो
रानी पोखरी हेर्दै
घुटुक्क थुक निल्छ ।

३) रानी पोखरी
प्रेममा धोका खाएकालाई
फकाउदै
फिस्लाउदै सकार्छे
अजिङ्गरले झै निलेर
गोहिका आशुमा डाँकार्छे ।

४) दरबार स्कुल
हिजो भन्दा आज
सुनशान र मन्द छ
 हरेक  बालक
पढ्दैन त्यहा भन्द छ
अझै साहेद त्यहा
राणा कालिन गन्द

५) जनक्रान्ती
जनबाद
जनअदालत
जनसभा
जनक्रान्ती
जन हालेर
हरेक भाषनमा बोल्यो
पुरानो सत्ता ढालेर
नयाँ सत्ता  खोल्यो
सत्तामा पसे पछी
भत्तामा फसे पछी
मत्तामा बसे पछी
जनलाई
ढिला सुस्तिले  ढल्काउदै
भ्रष्टाचारमा  पल्काउदै
आर्यघाटमा  पोल्यो
किनभने
यसरी नै हुन्छ
शहिदको मन शान्ती
वास्तविक जन क्रान्ती ।

६) धरहरा
गाऊबाट
देहातबाट
मान्छेहरुलाई
शहर देखाउछु भन्दै
राजधानी बोलाउछ
उ भन्दा अग्लो
शहर भए पछी
बिचरा धरहरा
आँफै शहरमा  हराउछ
के अरुलाई  शहर देखाउछ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..