झनक अधिकारी बारुद
यसपालीको दशैंमा आउँदिन आमातपाँइको मुहार देख्न पाउँदिन आमा ।
के गर्ने त विवशतामा अल्झिदै छ छोरो
रमाएर रातो टीका लाउँदिन आमा ।
साथीभाई त रम्दै होलान् मेलापर्वतिर
तिहारमा देउसी भैलो गाउँदिन आमा ।
भन्नुहुन्थ्यो तपाईले ‘छिट्टै आउनु घर’
विवशताको त्यो वचनलाई समाउँदिन आमा ।
रुन्छु बरु यतातिर सम्झिएर त्यता
एक्लो छु म दुखी भाछु रमाउँदिन आमा ।
अछाम सेरा हाल नेपालगञ्ज
pardhesi jibanko katha bokeko mitho gazal sarai man choyo
ReplyDeleteyes patak ko Dashain Tihar pardeshmai bitne bho .. Dhan kamaune aasale pardesh haniyo yeta gharko yadle satayara hairan.....
ReplyDelete