Monday, December 27, 2010

गजल : कसले देख्या छ र ?

आयुष सम्मोहन
मुटुभित्र को को छ कसले देख्या छ र ?
आँशु सधैं राको छ कसले देख्या छ र ?

बाहिर हल्ला चलेको छ म पागल भए अरे
कथित पागल भोको छ कसले देख्या छ र ?

तिमी जस्तै नाच्ने गाउने बसन्तको बहारसंगै
मेरोपनि धोको छ कसले देख्या छ र ?

रोगी भइस भन्छन् डाक्टर साथी भाइहरु

कुन ब्यथाले छोको छ कसले देख्या छ र ?

रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..