४ भदौ, - मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । यसैगरी जगदम्बा श्री पुरस्कार कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । वि.सं.१९९२ साउन एकादशीका दिन न्हैकन्तलाटोल,काठमाडौमा जन्मेका श्रेष्ठ नेपालभाषा गीति कविता विधामा सुपरिचित एवं जनपि्रय व्यक्तित्व हुन् । आनी छोइड. डोल्माको स्वर न्हु बज्रचार्यको संगीत रहेको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने चर्चित गीतको रचनाकार श्रेष्ठलाइ प्रदान गरिने पुरस्कारको राशी पनि २ लाख रुपैयाँ नै छ ।
झमककुमारी घिमिरेको जन्म सन् १९८० मा कचिडे, धनकुटामा भएको हो । उनी प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रतिमष्तिस्क रोगद्वारा पीडित छिन्। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने उनी सुन्न र बुझ्नचाहिँ सक्छिन। दुवै खुट्टाका ३ औंला मात्र चल्ने उनले त्यही ३ औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन् ।

मदन पुरस्कार गुठीले एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरुमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ । मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पहिलो पटक २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमशेन थापा’का लागि चित्तरञ्नज नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ का लागि बलराम जोशीलाई प्रदान गरिएको मदन पुरस्कार अहिलेसम्म ६६ जनाले पाइसक्नु भएको छ ।
जगदम्बा श्री नेपाली भाषा, संसकृति, सहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..