Thursday, December 2, 2010

केही तांका


सम्झेर गाँउ
साउनको बेलामा
नियतिभित्र
रुनेहरु हजार
बगाउदैछन् आँशु


हृदय भित्र
खै के दुखेर कुन्नी
फेवा रसायो
मातृभुमिको ब्यथा
कसले पो बुझ्ने हो


नेताको बोली
पत्याउनै कठिन
कति सहने

जुर्मुराउनु पर्छ
हामी सबै नेपाली


नेपाली माटो
र जन संविधान
पाउनु पर्छ
अधिकार सबैले
झुक्याउनु हुँदैन
आयुष “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके
हाल नेपालगंज
 ( तांका पुरानो जापानी कविता शैली हो जुन वाकाको परिवर्तित रुप हो र यसको अर्थ छोटो गित हुन्छ । यो ५ हरफ को हुन्छ जसका हरफहरु क्रमस ५,७,५,७,७ अक्षरका हुन्छन् । )

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..