Tuesday, April 17, 2012

साहित्य श्रृखलामा पारिजातको चर्चा

पोखरा, २ चैत ।
    साहित्य श्रृखला पोखराको १२६औं नियमित रचनावाचन साहित्यकार पारिजातको चर्चासहित शनिवार सम्पन्न भएको छ । पारिजातको विषयमा विद्यावारिधी गरेका प्रा. डा. भवानी पाण्डे भास्करले पारिजातलाई एउटा सङ्घर्षशिल र कर्मठ साहित्यकारको रुपमा चित्रण गरेका थिए । उनले भने–‘पारिजातका आत्म जीवनी र निबन्धहरु उनका उपन्यास भन्दा पनि उत्कृष्ठ छन् ।’ ‘अस्तित्ववादी चिन्तनबाट साहित्यिक यात्रा शुरु गरेकी पारिजातको यात्रा प्रगतिवादमा पुगेको देखिन्छ ।’ समालोचक रघुनाथ अधिकारीले कार्यक्रममा बोल्दै भने । सो अवसरमा गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमी, साहित्यकारहरु परशुराम कोइराला,  मदन भण्डारी, नारायण मरासिनी र चुडामणि खनालले पनि पारिजातको योगदानको चर्चा गरेका थिए ।
       हरेक महिनाको पहिलो शनिवार नियमित रुपमा आयोजना हुने रचनावाचनको सो श्रृखलामा घनश्याम शर्मा रेग्मी, हेमन्त हितैषी, अम्विका भण्डारी, विभाष, फडिन्द्र अकिञ्चन, आवाज शर्मा, रामनाथ अधिकारी सँगी, सुरज उपाध्याय, अमृत सुवेदी गुराँस, नुमारज बारल, पद्यारज ढकाल, इन्द्र राना प्रतिकलगायतले रचनावाचन गरेका थिए । कार्यक्रममा वचित रचनाहरुको समिक्षा डा. कृष्णराज अधिकारीले गरेका थिए । साहित्य श्रृखलाका संयोजक भीम रानाभाटको अध्यक्षता र लक्ष्मण गौतम हिमालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..