Tuesday, April 17, 2012

क्षेत्रीको ‘मेरा केही लघुकथाहरु’ लोकार्पण

पोखरा, १ बैसाख । 
    युवा साहित्यकार राजु क्षेत्री अपूरोको लघुकथा संग्रह मेरा केही लघुकथाहरु शुक्रवार एक समारोहका विच लोकापर्ण भएको छ ।  शुक्ला साहित्य समिति बाटुलेचौरका सल्लाहकार साहित्यकार रामबहादर बाँनिया र सर्जकका पीता डम्बर बहादुर क्षेत्रीले संयुक्त रुपमा सोे संग्रहको एक समारोहका  विच विमोचन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि बानियाँले  विदेश बसेर आए पनि सर्जक क्षेत्रीले देशको अवस्थालाई सफलतापूर्वक लघुकथामा चित्रण गर्न सक्षम भएको बताए । 
       विमोचित कृतिको समिक्षा गर्दै डि. डि. निर्दाेषीले नाम अपूरो राखेका भए पनि लघुकथा पूरा र उत्कृष्ट भएको घारणा राखेका थिए । लाहाचोक साहित्स सदन, लाहाचोक कास्कीेले आयोजना गरेको कार्यक्रममा महेन्द्र उच्च मावि लाहाचोकका प्राचार्य गोविन्दप्रसाद अधिकारी , सदनका सल्लाहकारहरु  डोलराज रोग्मी, यदुराम अधिकारी, जगनाथ अधिकारीले पनि बोलेका थिए ।
       समाजका अध्यक्ष  लिलाधर अधिकारी अभिलाषीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत सदस्य दिलिप रानाभाट र कार्यक्रमको सञ्चालन सचिव भरतराज पौडेलले गरेका थिए । ‘हाम्रो अभियान नेपाली भाषा र  साहित्यको उत्थान’ भन्ने उद्घोषका साथ लाहाचोक साहित्य सदन लाहाचोकको गठन भएको हो संस्थाका सचिव भरतराज पौडेलले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..