Sunday, August 8, 2010

गजल

मदन आचार्य , रोल्पा
इमान्दार जनता, मुठ्ठी कसि जागे भने
अचम्म नमने हुन्छ देश खाने भागे भने ।

कुरा बुझी, मुग्लानीहरु, स्वदेश फिर्ती भए
के वित्यास पर्ला र, बेइमान उता भागे भने ।

अर्कैको आडमा चल्ने, होडबाजी अन्त हुँदा
गुन्जायस कहाँहोला उनले शासन मागे भने ।

सधैंभरि रजाई गर्ने पर्खालहरु परतन्त्रका
स्वागत छ पुत्ला बनाई सडकमा टाँगे भने ।

मुर्ख बनि अझपनि जोरी खोजने जन्तुलाई
बिरोध छैन जनताले मसानघाटमा दागे भने ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..