Monday, August 9, 2010

घात प्रतिघात यहि भएको छ

दिपक आचार्य “जलन”
बर्दिया
घात प्रतिघात यहि भएको छ ।
बिना समवाद यहि भएको छ ।

आफ्नैको हातबाट बिश्वासको हत्या
मलाई जन्मजात यहि भएको छ ।

जिन्दगी स्वर्ग बनाउछु म जसको
म उसबाट बर्वाद यहि भएको छ ।

ढलिदिन्छ ब्यर्थ खुल्ला नयनमा
यो सिङ्गो रात यहि भएको छ ।

हरेक दिन पिडा अनि थोरै “जलन”
भगवानको प्रसाद यहि भएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..