Thursday, August 12, 2010

२ मुक्तक

ऋषि शर्मा “सुदामा”
पुरनधारा ७ दाङ्ग
                      १
कसैलाई हिक्क हिक्क भएछ
कसैलाई हाँस्न ठिक्क भएछ
देखेर आफ्नो परिबेशको चित्र
सुदामा साह्रै दिक्क भएछ ।

                       २
शत्रु उहि छ मित्र उहि छ
बाहिर खान्छ जसले भित्र उहि छ
चोइटिएर देश आधा भए पनि
धन्य देशको नक्सा चित्र उहि छ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..