Thursday, August 5, 2010

सबको पेट भर्नुपर्छ एकदिन

माया सारु मगर
चेपाङ्ग बर्दिया
फुलीरहने गुँरास पनि झर्नुपर्छ एकदिन
परे दुःख मानव माथी टर्नुपर्छ एकदिन

जन्मेपछि जन्मभुमि छाड्नैपर्छ पक्कै
अजम्मरी जिवन पनि मर्नुपर्छ एकदिन

गर्दै पाप धनको अघि सरेपछि मान्छे
पक्कै त्यो नर्कपनि पर्नुपर्छ एकदिन

संघर्षलाई कुल्चिएर हिँडेपनि पर-पर
वार न पार लाग्ने खोला तर्नुपर्छ एकदिन

गरेपछि परिवर्तन हुन्छ सबको भलो
मरिमेटि सबको पेट भर्नुपर्छ एकदिन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..