Sunday, April 8, 2012

देवासुर सङ्ग्राम र करुण उदासीको चर्चा ¥याण्डममा

पोखरा, चैत २५ ।
       ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो नियमित पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको १८ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा पुस्तक परिचर्चाअन्तरगत प्रसिद्ध माक्र्सवादी लेखक मोदनाथ प्रश्रितको महाकाव्य देवासुर सङ्ग्रामको परिचर्चा तथा स्रष्टा परिचयअन्तरगत तनहुँकी स्रष्टा करुण उदासीको परिचय प्रस्तुत गरिएको थियो ।
           देवासुर सङ्ग्रामको परिचर्चा गर्दै समालोचक डा. यदुनन्दन उपाध्यायले सो कृति मूलतः हिन्दू धर्मसँग सम्बन्धित विषयस्रोतका माध्यमबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचार प्रस्तुतीका निम्ति गरिएको मौलिक परिकल्पनामा आधारित रहेको बताउनुभयो । काल्पनिक देवताका विरुद्ध जनतालाई सचेत गराउनुका साथै पञ्चायतकालमा प्रतिबन्धित सो महाकाव्यले नेपालमा वामपन्थी राजनीतिक उत्थानमा पनि योगदान गरेको र वस्तुवादी र वैज्ञानिक विचार ग्रहण गर्न प्रेरण प्रदान गरेको उपाध्यायले चर्चा गर्नुुभयो । कार्यक्रमका प्रमुख अतिथि बाम बुद्धिजीवि खगराज अधिकारीले ¥याण्डमले गरेको कार्य नेपालमै उच्च कोटिको बौद्धिक बहस भएको भन्दै प्रशंसा गर्नुभयो । एक बाम नेताका रुपमा समेत चिनिनुहुने अधिकारीले जात, भूगोल, वा नाकका आधारमा राज्यको अखण्डतामाथि आँच आउन नदिन प्रयास गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
          साहित्यकार करुण उदासीको परिचय दिँदै युवा साहित्यकार तथा पत्रकार अमृत सुवेदी ‘गुराँस’ले करुणा उदासीलाई प्रतिभा भएर पनि चर्चाबाहिर रहेकी नारी लेखकका रुपमा चिनाउनुभयो । उदासीका हालसम्म विभिन्न विधामा १२ वटा कृतिहरु प्रकाशित भइसकेर पनि जिल्लाभित्र समेत राम्ररी चिनिन नसक्नुलाई गराँसले बिडम्बनाको संज्ञा दिनुभयो ।

सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं आहतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख टिप्पणीकारका रुपमा समालोचक डा. विष्णु पौडेलले टिप्पणी गर्नुभएको थियो भने प्रा. डा. पशुपतिनाथ तिमल्सेना, डा. लक्ष्मीशरण अधिकारी, प्राज्ञ रमेश श्रेष्ठ, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत तथा साहित्यकार तिलक पौडेल, महेन्द्र रिमाल, युवराज त्रिपाठी, दीपक पराजुली, नेपालप्रकाश अधिकारी, महेन्द्र कतिला, इन्द्रकला बराल, बाबुराम पन्त, गीता बिष्ट, गनेस पौडेललगायतले पनि टिप्पणी गर्नुभएको थियो । 
          यसैबीच, सोसाइटीको पहिलो साधारणसभा तथा अधिवेशन आगामी बैशाख ९ गते शनिबार बिहान ८ बजे चिप्लेढुङ्गास्थित क्याफे डे गार्डेनमा गर्ने निर्णय गरेको प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..