Saturday, August 20, 2011

गजल

खगेन्द्र गिरि ‘कोपिला’
हाम्रै भाषा हाम्रै भेष थियो कुनै जमाना
आफ्नै पन आफ्नै परिबेश थियो कुनै जमाना ।

यो वातावरण यो परिस्थिती यो अवस्था
आज भन्दा धेरै बेश थियो  कुनै जमाना ।

नियतिले परजिवी बनायो आजभोली
पहिचान हाम्रो विशेष थियो कुनै जमाना ।

मिचिदै गए सिमाना एकदिन भन्नु पर्ला
नेपाल भन्ने यौटा देश थियो  कुनै जमाना  ।

3 comments:

  1. मिचिदै गए सिमाना एकदिन भन्नु पर्ला
    नेपाल भन्ने यौटा देश थिया कुनै जमाना ।

    ReplyDelete
  2. taraitirabata smana khumchai jada kopilaji ko gajalma lekhiyeaka sabdaharu saakar nahola bhanna sakinna...

    ReplyDelete
  3. कोपीला दाईले लेख्नुभएको जस्तै सानदार अनि सुन्दर हाम्रो नेपाल ... आज हामी भाई भाईको काटमारले यस्तो गति भोग्नु परिरहेको छ ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..