Wednesday, August 3, 2011

गजल

नबराज बुढा 'नबिन उदासी'
म त दु्खी नै, छु तिम्रो खुशी देख्न सकुँ
तिमि हिड्ने बाटो सम्म पाइला, टेक्न सकुँ ।

हुँदै छौ रे आज तिमि पराइको  नजिक
तर, अन्तिम पल्ट तिमीलाई, भेट्न सकुँ ।

पींडा दियौ  चोट दियौ कति धेरै मलाई
त्यहिँ पींडा सबै सङ्गालेर कथा, लेख्न सकुँ ।

आँधी, हुरी आउला, तुफान आउला कतै
म मरे पनि बचाएर तिमिलाइ, छेक्न सकुँ ।

अमित दाग लगायौ तिमिले, आज मेरो दिलभित्र
मल्हम पट्टि साहारा खोज्दैछु, दाग मेट्न सकुँ ।

2 comments:

  1. राम्रो छ तर युनिकोडले गर्दा होकी कता कता शब्दहरु बिग्रिएको छ। पुन पुन पढ्न पाईयोस है..

    ReplyDelete
  2. pakkai दुर्जेनय ji.. ho nepali unicodele garda sabdaharuma ali clear r shuddhata chhain.. amulya commentako lagi dhanyabat..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..