Sunday, July 10, 2011

गजल

प्रेम राना मगर
तिम्ले जस्तै घात गर्न जान्या छैन साथी
आफ्नो मात्रै पेट भर्न  जान्या छैन साथी

आफ्नो जस्तै ठानेकोछु  अरुको नि व्यथा
आलो घाउमा नुन छर्न  जान्या छैन साथी

आफ्नो स्वार्थ पूरा  गर्न झूटो आशा देखाई
खोला पारि एक्लै तर्न  जान्या छैन साथी

फुल हुन्छ सुकोमल भन्ने गर्छ प्रेमकाडा  बोकी देखा पर्न जान्या छैन साथी                        

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..