Sunday, July 10, 2011

सन्ध्यागु्रपको दोस्रो प्रश्तुती रुवायौ खुनिले.....

चन्द्र कु. थापा ÷अलखोर – कतार
   बिगत लामो समययता देखी समाज बिकाशमा प्रवासिको योगदान भन्ने मुल नारा लिएर सांगितीक फाँटबाट आफ्नो यात्रालाई परिचय बनाउदै सन्ध्याग्रुपले आज साँगितीक आकाशमा एउटा नयाँ उँचाई लिएको छ । कतारमा पहिलो पटक संन्ध्याग्रुप संस्थाले गत २००१ मा  परदेशी जिवन नामक नेपाली कथानक भिडियो निर्माण गरेको थियो जसको निर्देशन ग्रुपका संस्थापक अध्यक्ष सुरज तामाङ्गले गरेका थिए । भर्खरै मात्र यो ग्रुपको नयाँ समिति बनेको छ र सोहि नवगठित समितीले नेपाली लोकगितमा आधारित “रुवायौ खुनिले , अब मलाई सम्मिmदिने कुनै हक छैन भो दुई दिनको पाउना हुनिले ” को करिब एक महिना अगाडीदेखी कठिन मौसमका बावजुत पनि कतारको बिभिन्न ठा्ँउमा नेपालीहरु बिच हुने बास्तवीकता संगै परदेशी जिवनमा भोग्नु परेका तिता पिँडाहरुलाई समावेश गरि भिडियो निर्माण गरेको छ । यस भिडियोको सम्पादन कार्य अन्तिम चरणमा पुगेको निर्देशक तामाङ्गले जानकारी दिए । सो गितमा गायिका कालिका रोकाको स्वरमा शब्द होम गैरेको रहेको छ । अभिनयमा खुम गाँउले रहेका छन भने लोक गित तथा बिभिन्न म्युजिक भिडीयोमा समेत मोडल गरेकी कल्पना गुरुङ्ग र साथमा नव मोडल संगिता राजवंशी रहेकी छिन ।
    यस म्युजिक भिडियोमा क्यामेरामेन सरोज श्रेष्ठका साथ सहयोगी धनेश्वर जिसी , हिरा के सी , दिपक थापा , दुर्गा थापा ,मानसिंङ्ग , कृष्ण थापा , रामु बोहोरा र मेघ गुरुङ्ग प्रविधीमा रहेका छन । यस म्युजिक भिडियोलार्इृ श्रावणको दोस्रो हप्ता भित्रमा दर्शकहरु माझ ल्याउने निर्देशक तामाङ्गले बताए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..