Sunday, July 10, 2011

म जन्मेको दिनः गजल

मिश्र नरहरी
असार पच्चिस रोपाईँको दिन आमासँगै खेतमा थिएँ
 बाहिर होइन चलबलाउँदै आमाको म पेटमा थिएँ ।

...पेटभित्रको अन्तिम दिन आमा रुझिन् दिनै भरी
पीडा सहिन् सबै उनले पेटभित्र म अचेतमा थिएँ ।

साउनमा म जन्मनुपर्ने पच्चिस असारमै जन्मिएछु
चाँजोपाँजो केही थे'न म नयाँ आ.व.को बजेटमा थिएँ ।

कोखको लामो बसाईपछि काखको बसाई शुरु भयो
जन्म दिने आमासँग पहिलो दर्शन भेटमा थिएँ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..