Saturday, July 9, 2011

विश्वप्रसिद्ध पुस्तक सुप्रिम गडको नेपालमा विमोचन

काठमाडौ, २५ असार विश्वभरीमा सर्वाधिक विक्री भएको पुस्तकको सूचिमा सूचिकृत पुस्तक सुप्रिम गडको शनिवार नेपालमा विमोचन भएको छ । अमेरिकामा प्राध्यापक पेशमा संलग्न नेपाली नागरिक जितेन्द्र ध्वज खाँणद्धारा लिखित पुस्तक सुप्रिम गडको शनिवार रिपोर्टर्स क्लब नेपालमा पूर्व प्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले गरेका हुन ।
अमेरिकाको रोजडग बुक्स, पेन्सिलभेनिया, पिटर्सबर्गले प्रकासित गरेको पुस्तक सुप्रिम गडमा लेखक खाँले पूर्वीय सनातन धर्म, पूर्वीय धर्म दर्शन र पश्चिमा धार्मिक दर्शनलाई फ्यूजन गरेर भगवान, ईश्वर र परमेश्वरको रुपमा भगवानलाई विभाजन गरेका छन् । उनले ब्यक्ति र राष्ट्र जस्तै परमेश्वरको पनि शरिर, ईन्छा, विद्धता र काम हुने ब्याख्या पुस्तकमा गरेका छन् । उनले संसार परमेश्वरको शरिर भएको दावी पुस्तकमा गरेका छन् ।
शक्ति, धर्म र परमेश्वरको पुण्यभूमि नेपाल भएको प्रष्ट्याउँदै उनले आफ्नो प्रसिद्ध पुस्तकमा बेद र दुर्गा कवचलाई सबै धर्म साहित्यको पुर्खा पनि भनेका छन् । उनले आफ्नो पुस्तकमा राजनीति, अर्थनीति, धर्म समाज सबैका दर्शन र आर्दशलाई समेटेको भन्दै संसारमा परमेश्वर देखि ब्यक्तिको नौ वटा ईन्ट्रेष्ट हुने तथ्य आफ्नो पुस्तकले प्रमाणिक रुपमा प्रस्तुत गरेको दावी गरे ।
उनले एउटा मान्छेले  हजारौ पुस्तक पढेर पाउने ज्ञानलाई समयको बचत गराउने उदेश्यले एकै पुस्तकमा समेटेको भन्दै यो सबैकोलागी उपयोगी हुने विश्वास ब्यक्त गरे ।
विमोचन समारोहमा सुप्रिम गडका लेखकको बारेमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले प्रष्ट्याएका थिए । उनले आफ्नो जीवनमा विविध खाले काम गरेर अनुभव हासिल गरेका खाँडले नेपाली सेनालाई सैन्य तालिम दिने देखि ब्यापारी जीवन पनि बिताएको जानकारी दिए । उनका अनुसार २० वर्षसम्म निरन्तर धर्म ग्रन्थको अध्ययन र विश्लेषण गरेर १० बर्ष लगाएर पुस्तकको प्रकाशन गरेको जानकारी दिए । खाँडले यो पुस्तक लेख्ने क्रममा दिनको १७ घण्टासम्म एकान्तको खोजीमा बाथरुममा बसेर अध्ययन गरेका थिए ।
धमलाले खाँडबाट देशले धेरै कुरा पाउन सक्ने भएकोले उनको सम्मान गर्नु पर्ने तर्क गरेका थिए । विमोचन समारोहमा खाँडको बहुचर्चित पुस्तक सुप्रिम गडको विषयमा नेपाली काग्रेस राष्ट्रबादीका रामबाबु प्रसाईले जीवनभरीको अध्ययनबाट आफूले अहिलेसम्म बुझ्न नसकेको कुरा खाँडले सहजै ब्याख्या गरेको भन्दै त्यसबाट संसारले धेरै कुरा पाउन सक्ने बताए ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पूर्वीय र पश्चिम दर्शनको फ्यूजनको रुपमा खाँडको पुस्तक आएको भन्दै यस्ता पुस्तकले धार्मिक सहिष्णुता कायम गर्दै संसारमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । उनले पुस्तकले पूर्विय दर्शन र सनातन धर्मको उदगम नेपाललाई प्रमाणिक रुपमा प्रस्तुत गरेर नेपाललाई संसारमा चिनाउने काम गरेको धारणा राखे ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..