Friday, July 8, 2011

बृहत गजल प्रशिक्षण काव्य गोष्ठि सम्पन्न

असार २४ / पूर्णिमा गजल साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा आज बाँकेको कोहलपुरमा बृहत गजल प्रशिक्षण काव्य गोष्ठि सम्पन्न भएको छ ।
           पूर्णिमा गजल साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालको सभापतित्व एवम् वरिष्ठ गजलकार पुष्प अधिकारी अञ्जली को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य अतिथीहरु बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रमेश चन्द ठकुरी , पूर्णिमा गजल साहित्य प्रतिष्ठानका सल्लाहकार शकर अशान्त , सागर गैरै , ईन्दीरा अधिकारी ईन्दु, धिरज त्रिवेणि लगाएत चार दर्जन बढि राष्ट्रिय ,क्षेत्रिय तथा स्थानिय स्तरका साहित्यकार तथा साहित्यप्रेमीको उपस्थिति रहेको थियो ।

बृहत गजल प्रशिक्षण काव्य गोष्ठिको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी तथा वरिष्ठ गजलकार पुष्प अधिकारी अञ्जिलीले मैन बक्ति बालेर उद्धघाटन गर्नु भएको छ । पूर्णिमा गजल साहित्य प्रतिष्ठानका सह सचिव वेगमथापाको स्वातग मन्तव्यबाट सुरु भएको कार्यक्रम विभिन्न स्थानबाट आउनुभएका साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..