Friday, July 8, 2011

गजल (राजकुमार कुँवर)

सगरमाथा कालापानी हुन दिनुहुन्न
रक्त सीमा राष्ट्रको छुन दिनु हुन्न

देशका लागि बरु अभिषेक हुनुपर्छ
आइसक्रिम बनाएर, खुन दिनु हुन्न

ढाका टोपी कुल्चिएला हजुर तिम्रो
स्वाभिमानी सगरको, जुन दिन हुन्न

पुख्यौली वीरताको इतिहासको टालो
सिक्किमि धोवेनीलाई, धुन दिनु हुन्न
२०६० साल

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..