Monday, July 11, 2011

लेखिएन भने सम्बी-धान

प्रेम वली
यसपाली पनि लेखिएन भने
सम्बी-धान जर्तमा  जाला
यस्तै रहिरहे देश
नउस्कने त्यो गर्तमा जाला

फिर्न लागेको शान्ती चैन
 फर्केर त्यही कर्दमा जाला
बिगतमा भोगियो पिडाहरु
भाबी पुस्ता उही दर्दमा जाला

दु:ख सुखले खाएका हामी
भबिश्य सधैं  ब्रतमा जाला
जाली फटाहलाई साचो दिदा
देश, बिदेशको शर्तमा जाला

नेता त कटपुतली न  हुन यहाँ
नेपाल अर्कै अर्थमा जाला
चोर डाँका  सँग होसियार !
पुर्खाको बलिदान ब्यर्थमा जाला ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..