Monday, July 11, 2011

चुम्छन उनि -गजल

जनक डि सी
भित्र कम्पन सुरूहुन्छ नजर झुकेपछि
यात्रा युगल हुन्छ सगै पाइला रूकेपछि

जन्माउछ बसन्तले पालुवा र फुलहरू
मायालु ती मुनाहरू शिसिरमा सुकेपछि

मिलनको बिहानि खुल्छ ससारै भरी
आकाश छोप्ने चम्कीला तारा लुकेपछि

सफताका शिखर चुम्छन उनिहरू
दुष्टनजर बैरिका ति निसान चुकेपछि

खुल्छमन झलमल्ल हुन्छ जगत सारा
गुम्सीएका मन मुस्कुराउदै फूकेपछि

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..