Wednesday, July 13, 2011

साहित्यको विकासमा सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने बर्दियाका साहित्यकारहरुको माग ।

बर्दिया,२९असार ।
नेपाली भाषका आदिकवि भानुभतm आर्चायको १९८औ जन्मजयन्ती बर्दियामा विविध कार्यक्रमका साथ मनाइयो । बर्दियाली साहित्य समाजद्धारा आयोजित कार्यक्रममा जिल्लाका साहित्कार एंव बिद्धानहरुले भानुभतm आचार्यले साहीत्यमा पुरयाएको गोगदानको चर्चा गरे ।
कार्यक्रमलाइ सम्बोधा गर्दे नेपाल पत्रकार महासंघका उपाध्यक्ष यमनाथ घिमिरेले नेपाली जगतमा एकैपल्ट भाषा, साहीत्य संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा,पितृप्रेम भातृतव, दाम्पत्य, कर्तव्य, देशप्रेम ,जनवात्सल्य जस्ता समग्र बिषयको समन्वय तथा समष्टि भाव प्रदान गरेर भानुभतmले आदिकवि तथा नेपालको विभुतिको सम्मान पाएको बताउनु भयो । उहाले साहित्यिक बिकासमा सरकारले चासो नदीएकोमा आपति जनाउदै प्रत्रा प्रतिष्ठान मार्फत सरकारले नेपाली साहीत्यको विकास तथा संरक्षण सम्वद्र्धनमा तत्काल बिशेष कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नु भयो ।
बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दियाली साहित्य समाजका उपाध्यक्ष बुद्धिनाथ ज्ञवाली, इन्रकुमार श्रेष्ठ, हरिहर आर्चाय, इन्द्रराज पौडेल, यज्ञप्रसाद सुवेदी, भीमा सुवेदी, अन्जु स्मारिका सिंह,मुकुन्द बागी लगायतका साहित्कारहरुले गीत, कविता मार्फत आदिकवि भानुभतm आचार्यको योगदान बारे प्रकाश पार्नुभयो ।
बि स १८७१असार २९मा मा तनहु रम्घामा जन्मी १९२५असोज ६मा निधन भएका आदिकवि आर्चायले बाल्मिकी रामायणलाइ नेपाली भाषामा अनुवाद गर्नुका साथै प्रश्नोतmर, भतmमाला, बधु शिक्षा लगायतका कृतिहरु लेखेका छन् । उनको पाण्डुलिपीलाइ संग्रह गरेर मोतीराम भट्टले पुस्तकारमा प्रकाशित गरेपछि भानुभतm साहीत्यमा चिनीएका हुन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..