Wednesday, July 13, 2011

भानु जयन्ती अवसरमा सरसफाई र कवितावाचन

घोराहि, दाङ , असार २९
आदिकवि भानुभक्त आचार्यको १ सय ९८ औँ भानु जयन्तिको अवसरामा राप्तीसाहित्य परिषदले आज विहान कविता वाचन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
राप्तिसाहित्य परिषदका अध्यक्ष पुरुषोतम खनालको अध्यक्षतामा भएको कार्यक्रममा भानुभक्तले गरेको नेपाली भाषाको क्रान्ति काकारण अहिलेको नेपाली भाषाले प्रगति गरेको भन्दै भानुभक्तको प्रशंसा गरेका थिए । कुनै छन्दमा नारीहरु सम्वनिध केहि आलोचनात्मक टिप्पनी गर्नलाएक भएपनि नकरात्मकको तुलनामा सकारात्मक कयौँ गुणा वढिभएकाले आदिकविलाई सवैले सम्झनु पर्ने धारणा राखेका थिए ।
साहित्यकार श्रीकृष्ण पथिकले भानुभक्तको वारेमा समिक्षात्मक टिप्पनी गर्दै भानुभक्तीय रामायण नआएको भए नेपाली भाषाको यति विकास हुन नसक्ने धारणा राखेका थिए । कार्यक्रममा खगराज न्यौपाने, शुर्यनाथ सपकोटा, गोपाल चन्द्र पोख्रेल नगेन्द्र गुरु, खेमराज मल्ल, डा लोकराज पराजुली लगाएतले आआफ्ना कविता वाचन गरेका थिए । सन् १९७१ मा जन्मिई राणा प्रधानमन्त्रि जुद्धशम्सेर जवराको को पालामा नेपाल सरकार वाट आदिकविको मान्यता पाएका आचार्यको पत्रकार टिका वस्नेत गोविन्द खड्का लगाएतले पनि चर्चागरेका थिए ।
 वाजे कृष्ण प्रसाद आचार्यको पे्ररणावाट साहित्यको क्षेत्रमा लागेका धनन्जय आचार्यका छोरा आचार्यगुल्मीको तम्घासमा जन्मेका थिए । उनको जन्मदिनको अवसरमा सवै क्षेत्र सफाहुनु पर्छ हामि माझिनु पर्छ भन्दै साहित्यपरिषदको क्षेत्र वरपर सरसफाई गरिएको थियो । आयोजित औपचारीक कार्यक्रमको सञ्चालन सचिव कमलमणि देवकोटाले गरेका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..