फुटपाथमा बेच्न राखिएको चप्पल जस्तो
जो मन लाग्यो उहिघुसारी नाप्ने
बेवारिसी बैगचामा फुलेको फुल जस्तो
जे जसलाई मन लाग्यो टपक्क चुँडी शिरमा लगाउन खोज्ने
यो हो मेरो स्वयंवरको मुल्य
कैयौं केटाहरु बधुका लागी आउछन्
हेर्छन अनि जान्छन्
मेरो एकै अनुहारलाई विभिन्न रुपले देख्छन्
कैयौंले दाइजोको घुर्कि देखाउछन्
कसैको दृष्ट्रिमा
मेरो सिंगो शरिर भद्दा हुन्छ त
कसैको नजरमा छाँट नमिलेको
कोही शब्दजालको
अंकुशमाअपार प्रेम दर्साउछन् त
कोही सुशील बुहारीको नाममा
हत्ते हाल्छन् ।
त्यसैले म
पसलको दिनभरिको हिसावकिताब नमिलेको जस्तो
कताकता कोठाभित्रको
मधुरो बत्तिमा आकृति
नभेटिएको जस्तो
मेरो अनुहारको मुल्यमा
सम्पति र घराना
पछि लागेको जस्तो ।
नरेन्द्र न्यौपाने
गोरखा नेपाल
कविता संग्रह ः हराएका कैदीहरु
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..