भानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकवि मानिन्छ । हुनत यिनीअघि नेपाली साहित्य लेख्ने सन्त ज्ञानदिलदास आदि कविहरू पनि नभएका होइनन् । तर यीनका कृतिहरू पुस्तकाकारमा प्रकाशित भएपछि नेपाली जनजीब्रोमा बसेका छन् । उनले लेखेका कृतिहरूमा बधुशिक्षा , भक्तमाला, प्रश्नोत्तरी आदि हुन् । यिनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन् । यीनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि यिनी साहित्यमा चिनिएका हुन् ।
भानुभक्तको जन्म धनञ्जय आचार्यको पुत्रको रूपमा तनहँुको रम्घामा वि.स. १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा पाएका यीनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
१९७ वर्ष अघि उदाएका नेपाली बाङ्गमयका ज्योति ”भानुभक्त आचार्यको जन्म जयन्ती यही अषाढ २९ गते मनाउनुहोस्” भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो । ”भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभएको विश्लेषकहरु बताउछन् ।” भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए ।
उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्धारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दै गए । ”नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्” लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ र अहिले सम्म पनि भानुलाई सबैले सम्झिने गर्छन् । त्यस बेलादेखि उनको जन्म दिन अषाढ २९ गतेलाई नेपालीहरु भानुजयन्तीको रुपमा विविध कार्यक्रमका साथ मनाउने गर्छन् । नेपाल बाहेक भारतको सिक्किम र दार्जिलिङमा पनि विषेश महत्वका साथ भानु जयन्ती मनाउने गरिन्छ ।भानुभक्तको जन्म धनञ्जय आचार्यको पुत्रको रूपमा तनहँुको रम्घामा वि.स. १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा पाएका यीनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ ।
१९७ वर्ष अघि उदाएका नेपाली बाङ्गमयका ज्योति ”भानुभक्त आचार्यको जन्म जयन्ती यही अषाढ २९ गते मनाउनुहोस्” भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो । ”भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभएको विश्लेषकहरु बताउछन् ।” भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए ।
आयुष “सम्मोहन”
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..