Friday, June 24, 2011

लोकतारा खोजी अभियान सुरु

ज्ञानु गौतम , नेपालगन्ज असार १०
स्थानीय लोकभाकाहरुको संरक्षण र सम्बर्धन गर्न रेडियो हिमाल एफएम ९२ थोप्लो ८ मेगाहर्जले मध्य तथा सुदूरपश्चिममा पहिलो पटक हिमाल लोक तारा खोजी अभियान शनिबारदेखि सुरु गर्ने भएको छ । स्थानीय स्तरमा लो्प हुन थालेका लोकभाकाहरु, स्थानीय गायक गायिकाहरु र लोकसंस्कृतीको विकास गर्ने उद्देश्यले आयोजना गरिएको खोजी अभियानको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
आयोजकका अनुसार एक सयभन्दा बढिको सहभागिता रहने खोजी अभियानमा हिमाल लोक तारामा छनौंट हुने व्यक्तिलाई मध्य तथा सुदूरपश्चिममा लोक तथा दोहोरी क्षेत्रकै सबैभन्दा बढि राशीको पुरस्कार दिइने छ । अभियानमा मध्य तथा सुदूरपश्चिमका बाँके, बर्दिया, कैलाली, अछाम, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, सुर्खेत, दैलेख लगायतका जिल्लाहरुबाट सहभागि हुने बताइएको छ ।
१९ भन्दा बढि जिल्लाहरुमा सहजै सुन्न सकिने रेडियो हिमाल एफएमले लोक तारा खोजी अभियानको प्रत्यक्ष प्रशारण प्रत्येक हप्ताको शनिबार विहान १० देखि ११ बजेसम्म गर्ने भएको छ । हिमाल लोकतारा खोजी अभियानको निर्णायक मण्डलमा संगीत प्रशिक्षक रवि फुयाल संयोजक रहने तथा कार्यक्रमको संञ्चालन विष्णु शाही र चित्रप्रसाद आचार्यले गर्ने आयोजकले जनाएको छ ।

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..