Friday, June 24, 2011

उत्तरगामी मानिस

राज बहादुर कुवर
खोलाहरु शिखर चढ्दैनन्
र उत्तरगामी हुँदैनन्
दक्षिणतिर बगिरहन देऊ

खोलाहरु पहिचानविहीन हुन्छन्
र दूरगामी हुँदैनन्
झरीमा गड्गडाउन देऊ

खोलाहरु बगरमा हराउँछन्
कूलोमा आफै जाँदैनन्
सक्छौं
किसानको खेतसम्म लैजाऊ
उत्तरगामी मानिस
गुनासो नगर खोलाहरुसँग ।

२०६८ असार ९, विहीबार
मैतीदेवी काठमाड

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..