Saturday, June 25, 2011

गजल

खगेन्द्र गिरी ‘कोपिला’
यो देशमा कहिल्यै विकास, होला कि नहोला ?
साँच्चै कसैलाई यस्तो आश, होला कि नहोला ?

आकाशबाट खसेर रुखमा अड्किएजस्तो
यो गतिरोधको कुनै निकास, होला कि नहोला ?

भोको पेट नारा लाउने बेरोजगार सोधिरहेछ
कतै गास, बास र कपास, होला कि नहोला ?

सामाजिक सद्भाव यसैगरि भत्किदै गए,
कसैलाई कसैको विश्वास, होला कि नहोला ?
एउटा अनुत्तरित प्रश्न छ हाम्रा सामु खडा ,
नेपालमा शान्तिको आभास, होला कि नहोला ?

नेपालगंज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..