Tuesday, June 28, 2011

....गुनासो .

बुद्धि प्रसाद उपाध्याय
अरुण सुसाएर अहरह
छिन्तांग दुखेको सम्झाई रहेको छ
पिष्कर दुखेको दुखै छ
०४६ /०४७ को आन्दोलनमा
छोरा गुमाउने आमाहरुको,
सिन्दुर पुछिएका दीदी-बहिनीहरुको
घाउ चहराइ रहेकै छ
जवान छोराहरुको
लाशलाई कांधीकाठ गरेका
बृद्ध बाबुहरुको काँधको घाउ
अहिले पनि आलै छ

त्यति मात्रै नभयेर
०३६ /०३७ मा मासिएका
बन जंगलका ठुटाहरू समेत
दुखि रहेकै छन्
त्यस ताका तिमि आँउथेउ साथी
ख्याउटे अनुहार
दुब्लो शरीर
काँधमा झोला भिरेर
रातको अँधेरोमा
बारीका कान्लाबाट सुटुक्क
मेरो घरमा
आदर गर्थें
मसंगै सिधो पिठो खाएर
गुन्द्रीमा सुतेर
रात विताउँथेउ
मार्मिक शब्दमा
छिन्तांग-पिष्कर बोल्थेउ
द्रवित भएर सुन्थें
दस्तावेज दिन्थेउ पढ्थें

अनि

चामलको ड्रमभित्र लुकांउथें
हिजै जस्तो लाग्छ साथि
तिम्रो च्यात्तिएको सर्ट देखेर
नया सर्ट सिलाई दिएको
तर

०४६/०४७ पछी
तिमि एक्कासि हरायेउ
बिस्तारै टिभी हरुमा मैले देख्न थालें
तिम्रा पूष्ट हुँदै गएका गालाहरु
कुभीन्डीदै गएको तिम्रो शरीर
उछींटिदै गएको तिम्रो भुँडी
एक्कासि देखेको भए
शायद पत्याउनेनै थिँईन होला
धेरै भए साथी भेट नभाको
बिचमा सुनेको थिंयें
तिमि फेरी मेरो गाँउमा
आएका छौरे
शेल्टर दाताको
अभिनन्दनको कार्यक्रम लिएर
मेरोपनि नाम पढ़ेउ अरे
खवर नभाको होइन साथी
जान मनै लागेन
अस्ति एक्कासी
तिम्रा प्रतिबद्धताहरु सम्झें
एक पटक भेट्ने चाहना
प्रवल भएर आयो
गफ गर्न मन भयो
रात्रिबसको टिकेट काटी
तिम्रो नया गाँउ पुगें
लजमा बसें
अनि भोलिपल्ट
तिम्रो आलिसान महलको
गेटमा पुगें
तिम्रो पालेले
मेरो नाम ठेगाना सहितको
कागज लिएर भित्र पसो
अनि फर्केर आएर भनो
"मन्त्रीज्यूलाई फुर्सद छैन रे "
नरमाइलो लागो साथी
धेरै नरमाइलो लागो
सोधें
फेरी कहिले आँउत?
जवाफमा उसले भनो
"खोइ आर्को समयपनि दिनु भयेन"
एक तमासले उभिई रहें
एकै छिनमा गेट खुलो
भित्रबाट निस्केको
पजेरोको झ्यालमा तिमीलाई देखें
आँखापनि जुधे
छेउमा
तिमीसंग कुम जोडेर बसेको
'छिन्तांग नाइके 'लाई पनि चिने
सर्र तिम्रो गाडी चिप्लिएर
मेरो नाक्भरी धुंवाको मुस्लो
फालेर गएकोले
स्वास प्रस्वासनै
रोकिएला जस्तो भो साथी
तिम्रो पालेले बिस्तारि भनो
"आज मन्त्रीज्यूको नाता गाँस्ने कार्यक्रम छ "
खुल्दुली गरें
थाहा पाएँ

०६२/०६३ को नरसंहारक संग
संधिको नातापो गांस्तई छौरे
मनै अमिलो भो साथी
देशको नियतिलाई सम्झेर
खल्लो मनले फर्कें साथी
खल्लो मन लाएर

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..