Friday, August 3, 2012

विचारको क्वाँटी

नारायण नेपाल
क ) भए जति र'छ मेरो
सारा सेरो फेरो
आशे छ यो सासे छ यो
जिन्दगीको घेरो !

ख) रहर छैन
शहर छैन
जहर छैन
खबर छैन

ग) 'आइ किस यु' भनेको सुनें
'गाइ, फिस यु' भनेको सुनें
'नाईं, ईस्... यु' नभन्दै मैले
'बाइ, मिस यु' भनेको सुनें !

घ) कुरा चलेछ
सुरा चलेछ
पूरा चलेछ
छूरा चलेछ !

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..