Saturday, October 15, 2011

एउटा चाल चलेको छु _ गजल

आयुष सम्मोहन
तिमीबाट घृणा पाउन एउटा चाल चलेको छु ।
आफैलाई आगो सल्काई भित्रभित्रै बलेको छु ।

माया त तिमीलाई आफुभन्दा नी धेरै गर्छु
तर पनि माया लुकाई यो मुटुलाई छलेको छु ।

संगै जिउने संकल्प त्यो पुरा गर्ने मेरो चाह
बिचबाटोमै थाती राखी बेहोसीमा ढलेको छु ।

छाड्दिन भन्छौ अरे म दुखिको साथ तिमीले
त्यसैले त सन्यासी भई खरानी यो दलेको छु ।
नेपालगञ्ज

6 comments:

  1. तिमीबाट घृणा पाउन एउटा चाल चलेको छु ।
    आफैलाई आगो सल्काई भित्रभित्रै बलेको

    तिम्रो माया नलाग्ने त कहाँ हो र , तिमीलाई माया गर्दा गर्दै पनि माया नगरेको जस्तो देखाउन बाध्य छु |
    के गर्नु यो बाहेक तिमि बाट टाढा हुन अरु कुनै उपाय पनि त छैन
    नचाहद नचाहदै पनि आज तिमि बाट टाढा रहनु परेको छ

    ReplyDelete
  2. हो केशब जी यो माया यो पीरती पनि बुझीनसक्नु है .. कसैलाई मायाले संसार दिलाउने कसैलाई भने त्यही मायाले संसार उजाडिदिने ..... माया साह्रै महङ्गो .....

    ReplyDelete
  3. यस्तै रहेछ साथीहरु यो संसार .. माया माया रहेन भने के नै गर्न सकिन्छ र हैन त ... सबै साथीहरुलाई मिठो साथका लागी धेरै धेरै धन्यवाद ...। अझै मिठो साथको अपेक्षा गर्छु ..।

    ReplyDelete
  4. जीवनको हरेक गोरेटोमा साथ दिन्छु भन्नेले
    तिम्रो दुख मेरो भनि सधै कसम खानेले,

    आज छाडी गयो दोबाटोमा एक्लै मलाई,
    सँगै जीउँछु सँगै मर्छु भनि वाचा गर्नेले ।

    ReplyDelete
  5. संगै जिउने संकल्प त्यो पुरा गर्ने मेरो चाह
    बिचबाटोमै थाती राखी बेहोसीमा ढलेको छु ।
    kasaisanga idea 6vane plz........

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..