Monday, October 3, 2011

दशैंमा आउँदिन आमा

झनक अधिकारी बारुद
यसपालीको दशैंमा आउँदिन आमा
तपाँइको मुहार देख्न पाउँदिन आमा ।

के गर्ने त विवशतामा अल्झिदै छ छोरो
रमाएर रातो टीका लाउँदिन आमा ।

साथीभाई त रम्दै होलान् मेलापर्वतिर
तिहारमा देउसी भैलो गाउँदिन आमा ।

भन्नुहुन्थ्यो तपाईले ‘छिट्टै आउनु घर’
विवशताको त्यो वचनलाई समाउँदिन आमा ।

रुन्छु बरु यतातिर सम्झिएर त्यता
एक्लो छु म दुखी भाछु रमाउँदिन आमा ।
अछाम सेरा हाल नेपालगञ्ज

2 comments:

  1. pardhesi jibanko katha bokeko mitho gazal sarai man choyo

    ReplyDelete
  2. yes patak ko Dashain Tihar pardeshmai bitne bho .. Dhan kamaune aasale pardesh haniyo yeta gharko yadle satayara hairan.....

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..