Friday, September 30, 2011

स्वर्ण जन्मोत्सवमा साहित्यकार विकल्प सम्मानित

पोखरा, असोज १२÷रुपिन्द्र प्रभावी “कटु”  
      साहित्यकार इन्द्रकुमार बिकल्पलाई उहाँको स्वर्ण जन्मोत्सवको अवसर पारेर सम्मान गरिएको छ ।  पर्वत साहित्य संगमले साहित्यको क्षेत्रमा निरन्तर लाग्ने मोफसलको प्रतिभाको रुपमा  बिकल्पको स्वर्ण जन्मोत्सबको अबसर पारेर सम्मान गरिएको हो ।
बिकल्पलाई प्राज्ञ सरुभक्तले सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै प्राज्ञ सरुभक्तले मोफसलमा रहेर साहित्यकर्ममा लाग्नु निकै चुनौतीपूर्ण काम भएको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यको बिकासका लागि पर्वत जिल्लामा रहेका साहित्यिक प्रतिभाहरुको ठूलो योगदान गरेको चर्चा गर्दै इन्द्रकुमार बिकल्पको साहित्यिक यात्राका बारेमा प्रकाश  पार्नुभएको थियो ।
      कार्यक्रममा पृथ्बीनारायण क्याम्पसका प्राध्यापक कृष्ण शर्मा पौडेल, साहित्यकार तथा पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेल, कृष्णागण्डकी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष लोकनाथ आचार्य, गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका अध्यक्ष शान्तिनारायण श्रेष्ठ, धौलागिरी बहुमुखी क्याम्पसका सह प्रध्यापक षडानन्द पौडेल, नारायण उच्चमाबिका प्राचार्य बसन्तबहादुर सिके लगायतले बिकल्पको साहित्यीक योगदानको चर्चा गर्नुभएको थियो ।
      पर्वत साहित्य संगमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब राजेन्द्र पहाडी र स्वागत उपाध्यक्ष टुकनाथ रेग्मीले गर्नुभएको थियो ।
      सोही कार्यक्रममा साहित्यकार इन्द्रकुमार बिकल्पको  साहित्य यात्राका बारेमा लेखिएको पुस्तक ‘इन्द्रकुमार बिकल्प, व्यक्तित्व र कृतित्व’ नामक पुस्तक र बिकल्पद्वारा लिखित ‘सर्बदलीय घर’ लघुकथासंग्रहको दोस्रो संस्करणको पनि प्राज्ञ सरुभक्तले बिमोचन गर्नुभयो  । पर्वत बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णराज पौडेलले स्नातकोत्तर तहको शोधपत्रको रुपमा साहित्यकार बिकल्पको साहित्यिक जीवनका बारेमा पुस्तक तयार पारेका थिए  । प्रकाशित पुस्तकमाथि गुप्तेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक  जगन्नाथ पौडेलले समिक्षा गर्नुभएको थियो ।
      साहित्यकार बिकल्पका बिभिन्न आधा दर्जनभन्दा बढी कृतिहरु तथा प्रशस्त फुटकर रचनाहरु प्रकाशित भएका छन भने यसअघि दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..