Thursday, September 29, 2011

गजल जवाफ

 “ रामकृष्ण पौडेल ”
सायद बाटो भुल्यो क्यारे मनले प्रश्न उठाएछ
चुनौतिकाशव्दसँगै धनले प्रश्न उठाएछ ।

के के विनिमय गरयौ मासिक आय कस्तो भयो
मेरो मुल्य बता भन्दै तनले प्रश्न उठाएछ ।

यस्तो लाग्यो अस्मितानै बेचिछयौ की तिम्ले आज
त्यसैले त रेट सोध्यौ बनले प्रश्न उठाएछ ।

सामाजिक मान्यतालाई नाघदै हिड्या थियौ अरे
नपचेर स्वाभिमानी जनले प्रश्न उठाएछ ।

दुनियाँले जे जे सोचुन बाध्यता नै होयो भन्छु
विडम्वना तिम्लाई आफनै खुनले प्रश्न उठाएछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..