Thursday, September 29, 2011

गजल सवाल

  “ मिथिला प्याकुरेल ”
आफनै मुल्य थाहा पाउन मनले कर गरयो
तौलन्छु म तँलाई भन्यो धनले कर गरयो ।

महिनाभरी कति कमाइस बेचि तैले आफुलाई
मेरो मुल्य मलाई बता तनले कर गरयो ।

एकएक पैसासँग तेरो मोलतोल हुन्छ
तेरो रेट सोध्दै पाखा बनले कर गरयो ।

आफैलाई झुक्याउदै तैले आफैसँग कति ढाँटिस
औला ठड्याइ मैमाथि सारा जनले कर गरयो ।

पसिनासगैरगत साटिस नामदाम कति कमाईस्
अस्तित्व कति बाचइस आफनै खुनले कर गरयो । 

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..