Sunday, September 25, 2011

यस वर्षको ईमेज अवार्ड रामकृष्ण ढकाल र निशा देशारलाई

काठमाडौं, ७ असोज । यस वर्षको ईमेज अवार्डमा रामकृष्ण ढकाल र निशा देशार विजयी भएका छन् । ईमेज गु्रप अफ् कम्पनीज्ले प्रदान गर्दै आएको ईमेज अवार्डको तेह्रौं संस्करणको सर्वोत्कृष्ठ पुरुष गायनमा पहाडको चुकचुके गीतबाट ढकाल विजयी भएका हुन् । त्यसैगरी महिलातर्फ देसारले तिम्रो मेरो सम्बन्धको चर्चाबाट उपाधि जितेकी हुन् ।
 ईमेज अवार्डमा भएका सर्वोत्कृष्ठ २० अवार्डमध्ये पप पुरुषतर्फ दिपेशकिशोर भट्टराईले तिम्रो.....बाट र महिलातर्फ श्रेया सोताङ्गले नजिकबाट भन्ने गीतबाट उपाधि जितिन् । सर्वोत्कृष्ठ म्युजिक भिडियोको उपाधि छाएछ बसन्तमा भन्ने गीतबाट बसन्त चौधरी विजयी भए । त्यसैगरी सर्वोत्कृष्ठ संगीतबाट छाएछ बसन्तबाटै न्यू बज्राचार्य, राष्ट्रिय भावनाले ओतप्रोत गीत श्रवण मुकारुङ्ग र शान्तिराम राईको बनाउँ संविधान, सर्वोत्कृष्ठ लोकगीत गणेश न्यौपाने, बलराम समाल र जुना प्रसाईंको ढाका टोपी सिरैमा, सर्वोत्कृष्ठ लोकदोहोरी एउटा आत्मा छ बाट पशुपति शर्मा र विष्णु माझी विजयी भएका छन् ।
सर्वोत्कृष्ठ गीत रचनामा मुटु माग्यौ तिमीलेबाट गजेन्द्र चाम्लिङ्ग, संगीत संयोजनमा पहाडको चुकचुके रेलबाट महाराज थापा, गीत मुद्रणमा तिमी अर्कै घरको मान्छेबाट श्यामश्वेत रसाइली, सर्वोत्कृष्ठ चलचित्र गीतमा ब्याच नम्बर १६ को संगीत गीतबाट सुगम पोखरेल विजयी भएका छन् । सर्वोत्कृष्ठ समूह गायनमा सुस्तरी गीतबाट ईभोस् तथा नव कलाकारमा समीर प्रिय विजयी भएका छन् । एड्रियन प्रधानको मनैबाट भन्ने गीत उत्कृष्ठ गीत भएको छ भने वन्ली लभ भन्ने बसन्त चौधरीको एल्बम उत्कृष्ठ एल्बम घोषित भएको छ ।
आर्मी अफिसर्स क्लवमा शनिबार भएको ईमेज अवार्डमा पब्लिक चईस अवार्डबाट तीन हजार नौ सय १५ भोट ल्याई दिपेश किशोर भट्टराई विजयी भए । कार्यक्रममा वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । मरेको पात झैं भयो उजाड मेरो जीन्दगी रिजालले नै रचेका हुन् । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति पनि गरिएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..