Wednesday, December 15, 2010

हुने होकी

के.एस. “सुवास”
खासकुस्मा ९ चुनाहाँ बाँके

भावनाको शब्दप्रहार हुने होकी
स्पर्शमै जलाउने क्षार हुने होकी

ढल्ने हो की पछि मनको दरवार
विना त्यसै अधिक भार हुने होकी

मेटिने छ अस्तित्व जति बेला सबै
लगाम चुडिएर तार हुने होकी

ठुलै कल्पना रचे पनि मन भित्र
यथार्तमा फुस्रो निधार हुने होकी

आफैमा हराउने बानी परेपछि
जलेर मन आफ्नै खार हुने हुने होकी

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..