Wednesday, December 15, 2010

कहाँ सकिन्छ र

गोपाल बि क “अबिष्ट”
खलङ्गा १ जाजरकोट

गहभरि आसु हु्ँदा हास्न कहाँ सकिन्छ र
मन भरि पिडा बोकी बाँच्न कहाँ सकिन्छ र

सजाएका सपनाहरु भासिएर गएपछि
तिम्रो मनको मझेरीमा नाँच्न कहाँ सकिन्छ र

स्वार्थमा बिक्ने भएपछि प्रेम यहा
मन भरिको चोखो माया साँच्न कहाँ सकिन्छ र

मौलाएका सपनाहरु उजाड भए फेरि आज
कठोर बनि फुलको डाली भाँच्न कहाँ सकिन्छ र

बाध्यता र बिवसतामा बाँचेको छु म यहाँ
तिम्रो जस्तै गरिबीलाई भाँच्न कहाँ सकिन्छ र

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..