Wednesday, December 15, 2010

होस गर

श्यामलाल खनाल “उज्वल स्माइल”
जाजरकोट खगेनकोट ४ बफेलगाँउ

सुर्य पनि अस्ताउछन सक्छ विहानीमा होस गर
टेक्दा पाइला खस्केला जवानीमा होस गर

देवि देवता कहाँ हुन्छन् ढुङ्गा पुज्ने मात्र हो
कहाँ कसरी पाइला चाल्ने भुवानीमा होस गर

अमृत पनि विष बन्न सक्छ कहिलेकाँही
आँखी जालमा परौले मुहानीमा होस गर

महङ्गो छ माया र पिरतीको खेल पनि
कति कहाँ पर्छ ढुवानीमा होस गर


सुन भनि सजाउदा पितल हुन सक्छ
आफ्नो सुन्दरता र सुवानीमा होस गर ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..