Wednesday, December 15, 2010

नकार्नु हुन्न

कृष्ण गिरि “मधुवन”
कम्दि ९ बाँके

यसले सक्दैन भनि नकार्नु हुन्न
कुनै काममा असफल भए झपार्नु हुन्न

जिवनको कदम कदममा जित्ने को छ यहाँ
पराजय भयो भनि आँशु झार्नु हुन्न

विजय पराजय जिवनका दुइपाटा हुन्
निराश भै सफलताको आश मार्नु हुन्न

समस्या संगसंगै समाधान पनि हुन्छ हुन्छ
उपायको खोज बिना समस्या बढार्नु हुन्न ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..