Wednesday, July 21, 2010

सँघारनेर।।

                           साबित्रा काफ्ले
तिन दशकदेखी
खोलिइका आँखा ,
केही राम्रो
हेर्ने आशमा,
हातमा माटो
खेलाएर,
मनमनै
खाएको सपथ
एउटा बिहानी
चुम्ने रहरमा,
यो यात्रा
हिडिरहेकै छ
त्यही ईरादा
मनभरी बोकेर।।

फर्केर हेर्दैछु,
आफुले
रोपेका
पारिजात र गोधुलिहरु,
ती बिना भुलेरै
रुन्छन रे
कहिलेकाही,
सम्झदैछु
मेरो आँगन
रित्तो
कुँडिएको मन,
मेरी आमा
आँसुले बलेसी
पोत्दैछिन् रे।।

मनभरि सँगालेर,
ईच्छाका फुलहरु
म उभिएको छु
दोबाटोमा,
सम्झनामा मेरा
गोरेटाहरु छन्
यो रेड लाईटको
अगाडि,
मेरा जुनेली रातहरु
फिका छन्,
तैपनि म
हिड्नु छ
यो यात्रामा
तिम्रा
आशीशहरु बोकेर।।

जामुने- तनहुँ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..