Tuesday, July 20, 2010

गजल (बहरबद्ध गजल)

शिव मिश्र
मेरो भनेर माया मारेर जानलाई
पाइन्न जिन्दगानी हारेर जानलाई ।।

माया अनन्त आस्था संस्कारमा फुलेको
फुल्दैन कोपिलामै झारेर जानलाई ।।

आफ्नो भनेर राखेँ नासो थियो कसैको
आयो पराइ एक्लो पारेर जानलाई ।।

रुन्छन् हजार तारा छाती दुखेर राती
लौ हुन्न जून अन्तै सारेर जानलाई ।।

फुल्छन् यहाँ अनेकौं हाँसेर जिन्दगानी
पर्दैन फूलबारी बारेर जानलाई ।।

यो गजल मुजाहिफ बहर अन्तर्गत
बहरे मुजारे मुसम्मन अखरब/ पिङ्गल छन्द-दिक्पाल
मफ्ऊल x फाइतालुन् x मफ्ऊल x फाइतालुन्
(s s i X s i s s X s s i X s i s s)

Shiva Mishra
Harnamadi-7,Makawanpur
Softwarica College Of IT & E-Commerce
Putalisadak,KTM
9841137653
E-mail:shifusion@hotmail.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..